डाक्टरमाथि भएको कुटपिटको विरोध

लोकप्रिय

काठमाडौँ, असोज ९ गते ।

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आफूहरूलाई सुरक्षा दिनुपर्ने, आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन । उनीहरूले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन लगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि कुटपिट गरेपछि मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

ताजा समाचार

Related Articles