चट्याङ लागेर वृद्धको मृत्यु

लोकप्रिय

सिन्धुलीमाढी, वैशाख २७ गते । दुधौली नगरपालिका–४ पाखाभित्तामा अविरल वर्षासँगै परेको चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार बेलुका घरनजिकैको मकैबारीमा घाँस काट्न जानुभएका ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजीका क्रममा उहाँ राति १० बजेतिर अचेत भई ढलेको अवस्थामा फेला पर्नुभएको थियो ।

स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय डकाहामा खबर गरी घाइते बुढाथोकीलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याएका थिए । राति १०ः५० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles