शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्ने

लोकप्रिय

काठमाडौँ, असोज ९ गते ।

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

मङ्गलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्नुहुँदै उहाँले मूल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने बताउनुभएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीपरिषद्बाट उहाँको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले निजी एवम् पारिवारिक स्तरभन्दा माथि उठेर सामग्री समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई हामी मूल परामर्श समितिसँग समन्वय गरेर मन्त्रीपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवम् पारिवारिक स्तरभन्दा माथि उठेर सामग्री समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ ।’’

कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरूको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles