करेण्ट लागेर एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते । सिन्धुलीको दुधौली नगरपालिका ८ स्थित सालघारीमा करेण्ट लागेर एक जनाको मृत्युभएको छ ।
स्थानीय चन्द्रकान्त दाहालको नयाँ घर बनाउने मिस्त्री कामदार सोही पालिकाको वडा नम्बर ७ कत्ले बस्ने तिलकबहादुर मगरको आइतबार करेण्ट लागेर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

घर बनाउँदै गरेको ठाउँमा फलाम रड उचाल्ने क्रममा विद्युतीय पोलको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागी घाइते भएका ५१ वर्षीय मगरलाई उपचार गर्न नगर अस्पताल सिर्थौली पठाएकोमा दिउँसो १४ः४० बजेको समयमा निज घाईतेको  उपचारको क्रममा उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles