काठमाडौँ, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थी मध्ये करिब ६६ प्रतिशत अर्थात (६५ दशमलव ९८) प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।




