राजस्व परामर्श समितिद्वारा प्रतिवेदन पेस

लोकप्रिय

काठमाडाैं, जेठ १ गते । राजश्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसमक्ष प्रतिवेदन पेस गरेको छ ।

आर्थिक वर्ष २०८३.८४ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायतका नीतिगत दस्तावेजमा समावेश गर्नुपर्ने राजस्व नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी सुझाव पेश गर्नका लागि २०८२ माघ २८ गतेको निर्णयानुसार अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा गठित राजस्व परामर्श समितिले मिति २०८३ वैशाख ३१ गते आफ्नो सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गरेको हाे ।

प्रतिवेदन पेश गर्ने क्रममा समितिका सदस्यहरुले प्रतिवेदनमा सम्भव भएसम्मका कार्यान्वयनयोग्य सुझावहरु समावेश रहेकाले आगामी आर्थिक वर्षको बजेटमा ती सुझावहरुलाई यथोचित सम्बोधन हुने अपेक्षा गरिएको बताउनुभयो।

ताजा समाचार

Related Articles