आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

लोकप्रिय

काठमाडौँ, असार २५ गते । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गरेका युवाको अहिले उपचार भइरहेको छ । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको अहिले वीर अस्पतालमा उपचार जारी छ । उनी राहदानी बनाउन राहदानी विभाग पुगेका बताइएको छ ।

मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले कार्यालयको गेट अगाडि मोटरसाइकल पार्किङ गरेका थिए ।

राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरेका उनको मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि उनले आत्मदाह प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन । यता नगर प्रहरीले भने नियमविपरित मोटरसाइकल पार्किङ गरेको कारण ह्वील लक लगाएको बताएको छ।

ताजा समाचार

Related Articles