प्रदेश सभाको चालु अधिवेशन शुक्रबार रातिबाट अन्त्य

लोकप्रिय

हेटौँडा, जेठ १ गते । बागमती प्रदेश सभाको चालु अधिवेसन आज शुक्रबार रातिबाट अन्त्य गरिएको छ ।
बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्कको सिफारिश बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको चालु १७ औँ अधिवेशन अन्त्य गर्नुभएको हो ।
बागमती प्रदेश सभा सचिव रामकुमार पौडेलले प्रदेश प्रमुखले जेठ १ गते शुक्रबार राति ११ः५९ बजेबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र प्राप्तभएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धार १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवकोटाले चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
यसअघि प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न बागमती प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिश प्रदेश सभाको अधिवेशन प्रदेश प्रमुखले आव्हान र अन्त्य गर्ने व्यवस्था रहेको छ । प्रदेश सभाको चालु अधिवेशन गत चैत २४ गतेबाट सुरु भएको हो ।

ताजा समाचार

Related Articles