चार जिपिए ल्याउने झण्डै १६ सय

लोकप्रिय

काठमाडौँ, जेठ २ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै गर्दा जिपिए चार ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ ।

बोर्डले निर्धारण गरेको ग्रेड अनुसार चार जिपिएलाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले चार जिपिए ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै चार जिपिए ल्याएका थिए ।

यस वर्षको समग्र नतिजा पनि गत वर्षको भन्दा राम्रो छ । यस वर्ष ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन् । २०८१ सालको एसइईमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । २०८० सालमा त ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए । पछिल्ला तथ्याङ्कले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ ।

ताजा समाचार

Related Articles