खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते । हेटौँडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयले विद्यालयको ५९ ओैं स्थापना दिवस मनाएको छ ।
विद्यालयले अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शनिबार स्थापना दिवस भएको हो ।
विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँलगायतको उपस्थिति रहेको कार्यक्रममा कक्षा १० मा अध्ययनरत अभिभावकहरूसँग अन्तरक्रिया गरिएको थियो ।

सो अवसरमा विद्यालयबाट २०३९ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले गतवर्ष झैं यस वर्ष पनि विद्यालयमा कक्षा १–५ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । विद्यार्थीहरुले ३९ थान झोला वितरण गरेका थिए ।




