खासकुरा संवाददाता
हेटौँडा, असार २४ गते । बागमती विश्वविद्यालयको स्नातक तहको प्रथम सेमेस्टरमा हेटौँडा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट स्थान प्राप्त गरेका छन् ।
विश्वविद्यालयले लिएको परीक्षामा हेटौँडा क्याम्पस विएडमा अध्ययनरत रमा भण्डारीले जिपिए ३.८०, सविन दाहालले जिपिए ३.६८ र विविए अध्ययनरत प्रिन्सा पौडेल जीपिए ३.६८ सहित नेपालभरकै उत्कृष्ट नजिता ल्याउन सफल भएका हुन् ।
पहिलो वर्षमा नै विश्वविद्यालयले लिएको परीक्षामा हेटौँडा क्याम्पसका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरेको खुशीयालीमा बजागाजासहित बजार परिक्रमा गराइएको थियो ।
क्याम्पस प्रमुख डा. देव मानन्धरले विद्यार्थी र प्रधाध्यापकको मेहनतका कारण विश्वविद्यालयभर उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउनुभयो ।




