लागुऔषधसहित हेटौँडाबाट दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं.४ कमलडाँडाका विकाश देउलाको घरबाट विकाससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

३० वर्षीय विकाश र २६ वर्षीय बिकल देउलालाई पक्राउ गरिएको हो । विकासको कोठा खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ५ ग्राम ८७० मिलिग्राम खैरोहेरोईन फेला परेको र उक्त लागूऔषधसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहको प्रहरीलेको भनाई छ ।

ताजा समाचार

Related Articles