सहमतिमै नेतृत्व चयन गर्न निर्देशन

लोकप्रिय

सुर्खेत, असोज १० गते । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे कर्णाली प्रदेशकाे नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनुभयाे ।

कर्णालीमा गुटबन्दी बनाएर चुनावमा नजान उहाँले निर्देशन दिनुभएकाे हाे । अध्यक्ष ओलीले सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको जिकिर गर्नुभयो ।

उहाँले यस्ता सबै खाले व्यवधानलाई पराजित गर्दै एमाले मिसन २०८४ अभियानलाई अर्थपूर्ण वर्षका रूपमा मनाउने कार्यमा जुटेको बताउनुभयो । विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा एमाले जुटेको भन्दै उहाँले अरूले फैलाएको भ्रमका पछि नपर्न र के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट हुने कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले विकास र समृद्धिको सपनालाई साकार पार्न एमालेले गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

ताजा समाचार

Related Articles