बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

लोकप्रिय

मकवानपुर, जेठ ९ गते ।कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित शिखरकटेरी सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नं.को खाली बसले मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीस्थित शनिबार दिउँसो घुम्तीमा विपरीत दिशा तर्फबाट जाँदै गरेको ना.५९ प ३३४५ न.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोर्जेरत्न योञ्जनको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही वडाको लामिडाँडाका करिब ५५ वर्षीय योञ्जन दुर्घटनामा गम्भीर घाइते भई उपचारको लागी सोही बसमा राखेर हेटौँडा अस्पताल लगिएको थियो ।योञ्जनको थप उपचारको लागी सिएमसी चुरेहिल अस्पताल मकवानपुर लगेकोमा उपचारको क्रममा दिउँसो १६ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बस, बसका चालक काभ्रेपलाञ्चोक चौरीदेउराली गापा २ का ४१ वर्षीय शिवबहादुर चौलागाई जिल्ला प्रहरी कार्यालय मकवनापुरले  नियन्त्रण लिएको छ । योञ्जनको शव सोही अस्पतालमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

Related Articles