खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार हेटौँडामा सम्पन्न १४ औँ वार्षिक साधारण सभा तथा अधिवेसनले इटेनीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराइ, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचविमा उत्तम खड्का र कोषाध्यक्षमा रामजी कोइराला निर्वाचित हुनुभएको छ । साथै सङ्घको कार्यसमिति सदस्यहरुमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी, मनोजकुमार शाह निर्वाचित हुनुभएको छ । संघको पदेन सदस्यमा किशोर शर्मा कंडेल रहनुभएको छ । 

पत्रकार दाहाल र विष्ट सम्मानित
यसैबिच नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि दाहाललाई सम्मान गरेको छ ।
पेट्रोलियम विक्रेता सङ्घको वार्षिक साधारण सभाका अवसरमा सघले पत्रकारद्वय विष्ट र दाहाललाई सम्मान गरेको हो ।
मकवानपुर जिल्लामा रहेर जिल्लाको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई राजन थापा स्मृति पत्रकारिता पुरस्कार र विष्टलाई बलराम दास स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पेट्रोलिय डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले कार्यक्रममा पत्रकार दाहाल र विष्टलाई जनही ११ हजार १११ रुपियाँ राशिको पुरस्कारसहित सम्मान गर्नुभएको थियो ।




