लागुऔषधसहित मकवानपुरबाट १३ जना पक्राउ

लोकप्रिय

मकवानपुर, जेठ १८ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध सहित १३ जना व्यक्तिहरू नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानमा जाँचको क्रममा लागुऔषध  खैरोहेरोइन, चरेस, गाँजा र ट्रामाडोलसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले लागुऔषधसहित बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो ।

लागु औषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३५ ग्राम १० मिलिग्राम, लागु औषध चरेस जस्तो देखिने पदार्थ २६० मिलिग्राम, लागु औषध गाँजा २३ ग्राम २१० मिलिग्राम र ट्रामाडोल २ क्याप्सुल फेला परेको हुँदा उक्त लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ । प्रहरीले बाराको कलैया उपमहागरपालिका १४ का वर्ष ३० काराजन जैसवाल, निजगढ ननगरपालिका ९ का वर्ष २१ क सर्जुक साह र रौतहट जिल्ला बौधिमाई नगरपालिका २ का वर्ष २१ का रोहित पटेललाई खैरोहेरोइन ३४ ग्राम ७९० मिलिग्रामसहित पक्राउ गरेको छ ।

भारत घर भई हाल हेटौँडा उपमहानगरपालिका ४ बस्ने वर्ष २३ को आकाश कुमार, हेटौँडा ७ बस्ने वर्ष २४ का राज अधिकारी, वडा नं. ११ का वर्ष ३३ का राजा बाबु शर्मा र बकैया गापा ४ का वर्ष ३४ का समिर स्याङतानको साथबाट गाँजा २१ ग्राम ३७० मिलिग्राम र लागु औषध ट्रामाडोल दुई क्याप्सुलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै हेटौँडा १ का वर्ष ४४ का सहदेव अर्जेल, वर्ष ३० का कालुराम गिरी, वर्ष ३९ को मनोज महर्जन र वडा नं. १७ का वर्ष ३६ का रामचन्द्र मोक्तानको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन २२० मिलिग्राम फेला परेको प्रहरीको भनाइ । हेटौँडा ८ का वर्ष २३ की अनुष्का क्षेत्री, भरतपुर महानगरपालिका वडा नं. ८ वर्ष २६ का करण स्याङवोको साथबाट लागु औषध चरेस २६० मिलिग्राम र लागु औषध गाँजा एक ग्राम ८४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles