मोबाइल एसोसिएसनद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते । मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरले मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित कालिदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।
एशोसिएनले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार १४० जना विद्यार्थीलाई विद्यालय ब्याग तथा खाद्यान्न वितरण गरेको हो ।
एसोसियसनका मकवानपुर अध्यक्ष हरि प्रसाद न्यौपानेको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लामाले विद्यार्थीलाई सहयोग गर्नु सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय महासचिव छतेन्द्र आचार्य, मकवानपुरगढी वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिन, विद्यालयका प्रधानाध्यापक केशव देवकोटा, महासंघका केन्द्रीय सदस्य नवराज चौलागाईं, संस्थाका पूर्व अध्यक्ष दिनेशलगायतको आतिथ्यता रहेको थियो ।
एसोसियसनका अध्यक्ष न्यौपानेले अभिभावकविहीन ११ जना विद्यार्थीको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गर्ने जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles