दिगो पर्यटनका लागि महिलाको अग्रसरता

लोकप्रिय

काठमाडौँ, साउन १० गते । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना अन्तर्गत पर्यटन क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्न थालेको छ। प्रकृति तथा संस्कृतिको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको परियोजनाअन्तर्गत सचेतनामूलक कार्यक्रमका साथै विभिन्न क्षमता अभिवृद्धि तालिमहरू सञ्चालन हुँदै आएका छन्।

यसैक्रममा दिगो पर्यटन परियोजना र नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा महिला हल्का सवारी चालकका लागि सञ्चालन गरिएको एकमहिने क्षमता अभिवृद्धि तालिम शनिबार काठमाडौंमा सम्पन्न भएको छ। देशभरका विभिन्न समुदायका ३८ जना महिलाको सहभागिता रहेको उक्त तालिमपछि उनीहरूलाई पर्यटन यातायात क्षेत्रमा रोजगारीको अवसरसमेत सुनिश्चित गरिएको नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामकुमार बस्नेतले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डअन्तर्गत दिगो पर्यटन परियोजनाका परियोजना प्रबन्धक धर्म दवाडीका अनुसार पर्यटन यातायात क्षेत्रमा महिलाको सहभागिता अत्यन्त न्यून रहेकाले दिगो पर्यटन प्रवर्द्धनसँगै महिलालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles