घोषणापत्र सञ्चारकर्मीलाई सामाजिक सुरक्षा कोषमा अबद्ध गराउन माग

लोकप्रिय

हेटौँडा, जेठ २४ गते । . नेपाल पत्रकार महासङ्घ बागती प्रदेशको मिडिया सम्मेलन तथा पाँचौ साधारण सभा १२ बुँदे हेटौँडा घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्नभएको छ ।
हेटौँडामा शुक्रबारबाट सुरुभएको मिडिया सम्मेलन तथा पाँचौ साधारण सभाले .सञ्चारकर्मीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराई पेशागत सुरक्षाको वातावण निर्माण गर्न तीनवटै तहका सरकारसँग माग गरेको छ ।
साना लगानीका मिडिया प्रवद्र्वन र मिडियालाई उद्योगका रूपमा विकास गर्न आवश्यक वातावरण बनाउन सरकार तथा सरोकारवाला पक्षसँग माग गर्दै सञ्चार गृहहरूमा हुने लैङ्गिक, अल्पसङ्ख्यक र शारिरीक सक्षमताको आधारको सकरात्मक विभेदको आधारमा सहभागी गराउने वातावरणका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्न घोषणापत्रमा भनिएको छ ।

पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव श्याम खतिवडाद्वारा जारी घोषणापत्रमा बागमती प्रदेशको राजधानीका रुपमा रहेको मकवानपुर जिल्लालाई पर्यटकीय नगरीका रुपमा विकास गरी, प्रदेश सरकार सञ्चालनका लागि आवश्यक स्थायी पूर्वाधार निर्माण गर्न सङ्घीय र प्रदेश सरकारसँग मिडिया सम्मेलनमार्फत माग गरिएको छ ।
सरकारले सुशासन प्रवद्र्धनका लागि गरिरहेको काम प्रति समर्थन र ऐक्यवद्धता जनाउँदै लोकतान्त्रिक विधि र मार्गबाट सुशासन प्रवद्र्वन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तै पूर्ण प्रेस स्वतन्त्रता अक्षुण राख्दै लोकतन्त्र, मानवअधिकार, पत्रकाको पेशागत हित, सामाजिक उत्तरदायित्वको मिडिया सम्मेलन तथा साधारण सभा सम्मान गर्दछ घोषणापत्रमा भनिएको छ ।
सरकारद्वारा संविधानले दिएको मौलिक हक तथा सङघीयताको मर्म र खुला अर्थ नीति विपरीत हुने गरी निजी सञ्चारमाध्यहरू माथि गरिएको विभेदकारी विज्ञापन नीतिसम्बन्धी निर्णय र परिपत्र फिर्ता लिई स्वतन्त्र मिडियाहरुको प्रवद्र्धनको नीति लिन सङ्घीय सरकारसँग महासङ्घ बागमती प्रदेशले माग गरेको छ ।
पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव खतिवडाले पत्रकारहरुलाई निर्वाध रुपमा सूचनामा पहुँच पुग्ने वातावरण निर्माण गर्न भन्दै मिडिया सम्मेलनले बन्द रहेको हेटौँडा कपडा उद्योग र रुग्ण रहेको हेटौँडा सिमेन्ट कारखानालगायतका बागमती प्रदेशभित्र रहेका उद्योगधन्दा,कलकाराखानाहरू सञ्चालन गरी रोजगारीको अबसर सृजना गर्न सरकारसँग माग गरेको बताउनुभयो ।
बागमती प्रदेश भित्र रहेका विभिन्न जिल्ला शाखाका नेपाल पत्रकार महासङ्घको नाममा भोगाधिकार प्राप्त गरी आवश्यक संरचना निर्माण भएका जिल्ला शाखाका भवनहरुलाई भोगाधिकार कायम राख्न सम्मेलनले भनेको छ ।
साथै स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमहरूलाई वितरण गर्न ÷गराउन प्रदेश भरका स्थानीय तहहरुलाई सम्मेलनले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles