मधेश प्रदेशको ४१ अर्बको बजेट

लोकप्रिय

जनकपुरधाम, असार १ गते । मधेश प्रदेश सरकारका अर्थमन्त्री यूवराज भट्टराईले अगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको आय व्यय सहितको बजेट प्रदेश सभाको बैठकमा पेश गर्नुभएको छ ।

बजेटमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात् कूल बजेटको ३५.५४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात् कूल बजेटको ६४.३६ प्रतिशत रहेको छ । बजेटका श्रोतहरूमा आन्तरिक राजश्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १२ अर्ब ८३ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यसै गरि संघीय सरकारी वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख, चालु आर्थिक वर्षको मौजदातवाट ६ अर्ब ८ करोड ५२ लाख र खर्च बेहोर्न न्यून हुने १ अर्ब ५० करोड आन्तरिक ऋणबाट बेहोर्ने अर्थमन्त्री भट्टराईले बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ । गत वर्ष मधेश प्रदेश सरकारले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएकोमा यस पटक आन्तरिक राजश्व कम उठेका कारणले ५ अर्ब ८४ करोड न्युन बजेट ल्याइएको हो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles