धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

लोकप्रिय

काठमाडौँ, असार ५ गते । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले कैलाली निवासी डा. गोपालप्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। साथै ‘बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ तर्जुमाका लागि समेत सिद्धान्त स्वीकृत उहाँले जानकारी गराउनुभएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्‍मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले सङ्घीय संसद् समक्ष चार वटा प्रतिस्थापन विधेयक पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको  । सरकारले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने निर्णय गरेको हो । 

ताजा समाचार

Related Articles