पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा इटेनी र अर्याल भिड्दै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६ औँ वार्षिक साधारणसभा तथा १७ औँ राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौँमा सुरुभएको छ ।
साधारणसभाले अध्यक्षलगायतका एसोसिएसनको शनिबार नयाँ नेतृत्व चयन गर्दै छ । अध्यक्षमा हेटौँडाका व्यवसायी उत्सव इटेनी र धादिङका विश्व अर्यालको उम्मेदवारी परेको छ ।

अध्यक्षका उम्मेदवार इटेनीले पेट्रोलियम व्यवसायीहरु विविध समस्याहरुबाट गुज्रिरहेका भन्दै कतिपय समस्या समाधान नभएर लामो समयदेखि थाती रहेकाले ती समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
उहाँले पेट्रोलियम व्यवसायीहरुको समस्या समाधानका लागि प्रभावकारी पहल र सहजीकरण गर्ने प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवार बनेको बताउनुभयो । अध्यक्ष उम्मेदवार इटेनीले १० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
यस्तै अध्यक्षका अर्का उम्मेदवार अर्यालले व्यवसायीको हकहितका लागि लाग्ने बताउनुभयो ।
इटेनी नारायणी पेट्रोलियम विक्रता संघका अध्यक्ष हुनुहुन्छ । अर्याल यसअघि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

 

ताजा समाचार

Related Articles