हेटौँडाका ६० जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध

लोकप्रिय

हेटौँडा, असार ६ गते । हेटौँडा उपमहानगरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम’ अन्तरगत अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको हा ।
उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारीक क्षेत्रका श्रमिकहरुलाई कोषमा आवद्ध गराउँदै एक कार्यक्रमका बिच परिचयपत्र वितरण गरेको छ । उपमहानगरक्षेत्रमा ६० जना श्रमिकहरुलाई उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले कोषमा आवद्ध गराएको छ ।

कोषमा आवद्ध गराउनका लागि उपमहानगरले प्रतिश्रमिक एक हजार १४० र योगदानकर्ताले एक हजार ३४० रुपियाँ प्रतिमहिना जम्मा गर्नुपर्ने छ । उपमहानगरक्षेत्रमा घरेलु कामदार, कृषि क्षेत्र र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरु कार्यक्रममा समाबेश गरेको छ ।
कोषमा आवद्ध श्रमिकलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले परिचयपत्र वितरण गर्दै आगामी दिनमा थप श्रमिकहरुलाई कोषमा जोड्दै लैजाने जानकारी दिनुभयो । कोषमा आवद्ध हुनु भविष्यका लागि बचत हुने भएकाले आफूसँगै श्रममा रहेकालाई पनि जोड्न सुझाउनुभयो ।
सरकारले सन् २०२५ देखि २०३५ लाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेको छ ।

ताजा समाचार

Related Articles