मकवानपुर क्याम्पस र प्रतिष्ठान बिच सहकार्य गर्न समझदारी

लोकप्रिय

हेटौँडा, असार ६ गते । मकवानपुर बहुमुखी क्याम्पस र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच शैक्षिक सहकार्य गर्न संस्थागत समझदारी गरिएको छ ।
मेडिकल शिक्षा दिने र त्रिभुवन विश्वविद्यालयका विभिन्न विभिन्न कार्यक्रमहरुमध्ये बिएससी तथा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर मकवानपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा परामर्श र नियमित रुपमा मेडिकल प्रवेश तयारी कक्षाहरु शुरुवात गर्न सहयोग गर्नु समझदारीको उद्देश्य रहेको छ।
दुवै शैक्षिक संस्थाका प्राध्यापक तथा विद्यार्थीहरुलाई अनुसन्धान र पठनपाठनमा सहकार्य हुने र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड दिईने भएको छ ।
क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल र प्रतिष्ठानका तर्फबाट रजिस्ट्रार भीम सागर गुरागाँईले हस्ताक्षर गर्नुभएको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त प्रसाद पौडेलको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्षद्वय डोरमणि पौडेल र माईकल रामचन्द्र अर्याल, संचालक समिति सदस्य नवराज बिष्ट र प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवाली, डिन डा. ईन्दिरा अधिकारीलगायतको उपस्थिति रहेको थियोे ।

 

ताजा समाचार

Related Articles