भीमफेदीको नीति तथा कार्यक्रमः कृषि, पर्यटन र सामाजिक विकासमा जोड

लोकप्रिय

हेटौँडा, असार ९ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकास र सामाजिक विकासलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
भीमफेदी गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशनमा पालिकाका उपाध्यक्ष सञ्जीवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनआकांक्षा र जनभावना प्रतिबिम्बत हुने कार्यक्रम र योजना कार्यान्वयन गरी नागरिकलाई गुणात्मक सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आगामी आवमा नयाँ पर्यटकीय स्थलको पहिचान गरी आवश्यक पूर्वाधार निर्माणमा सहयोग र सहजीकरण गरिने बताउनुभयो ।
ऐतिहासिक भीमफेदी सहरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, महाभारत हाइकिङ (पदयात्रा) लाई निरन्तरता दिने र घरेलु उद्यमलाई प्रोत्साहित गर्ने नीति लिइनेभएको छ ।
थप श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने, बसिफाँट माविलाई बस खरिद, स्थानीय पाठ्क्रम तयारी गरी लागू गरिने, स्वास्थ्यको पहुँच वृद्धि र चेपाङ समुदायका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी आवमा वातावरणमैत्री घर तथा सडक निर्माणलाई अभियानका रुपमा सञ्चालन गरिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयनबाट गाउँपालिका सबल, सक्षम, आत्मनिर्भर र समृद्धिको बाटोतर्फ उन्मुख हुने उपाध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

 

ताजा समाचार

Related Articles