आलुमा आत्मनिर्भर बन्दै

लोकप्रिय

काठमाडौँ, असार १० गते । मुलुकमा वार्षिक ६८ अर्ब रुपियाँ बराबरको झन्डै ३७ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको तथ्याङ्क अनुसार दुई लाख २० हजार ५९९ हेक्टर क्षेत्रफलमा ३६ लाख ८१ हजार ५१६ मेट्रिक टन आलु उत्पादन हुने गरको हो ।

उपभोगका लागि ३९ लाख ७० हजार ३६७ मेट्रिक टन आलु आवश्यक पर्ने गरेकोमा अपुग आलु बाहिरी मुलुकबाट भित्रिने गरेको छ । दुई लाख ८८ हजार ८०५ मेट्रिक टन अर्थात् छ अर्बदेखि आठ अर्ब रुपियाँ बराबरको आलु आयात हुने गरेको हो । आलु र आलुजन्य चिज बाहिरी मुलुकबाट आयात हुने गरेको छ । सबैभन्दा धेरै आलु उत्पादन कोशी प्रदेशमा र कर्णाली प्रदेशमा सबैभन्दा कम आलु उत्पादन हुने गरेको छ ।

ताजा समाचार

Related Articles