वामपन्थी फेरि एकताबद्ध हुँदैछौं

लोकप्रिय

काठमाडौँ, असार १४ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अब समयले हामीलाई सिकाउन थालेको छ बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । यसले गर्दा आज हामी वामपन्थी फेरि एकताबद्ध हुँदैछौं । कमसेकम आज विचार गोष्ठीमा हामी एकताबद्ध भयौं । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अगाडि बढाउने कामको थालनी गरौं । तब मात्रै आज हाम्रो देशमाथि जुन ढङ्गले साम्राज्यवादीहरूले र प्रतिक्रियावादीहरूले बबण्डर मच्याइरहेका छन्, त्यसका विरुद्ध लडाइ गतिशील भएर अगाडि बढुन सकछ । त्यसो हुनाले आजको आवयकता वामपन्थी एकता ।”उहाँले जनताको बहुदलीय जनवाद जनवादी क्रान्तिको कार्यक्रम रहेको धारणा राख्नुभयो ।

ताजा समाचार

Related Articles