मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु

लोकप्रिय

हेटौँडा, असार १५ गते । जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका २ एयरपोर्ट नजिक डुमरवाना सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएर स्कुटर चालक ट्याक्टरमुनि पस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका २९ बस्ने अन्दाजी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएको र उपचारको लागी एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा चिकित्सकले साँझ ६:१५ बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भई उपचारपछि डिस्चार्ज भएका छन् भने मोटरसाइकल चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भई थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पताल रिफर गरिएको छ । ट्याक्टर चालक बारा जितपुर सिमरा उ.म.न.पा. ४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरी इ.प्र.का. सिमराको नियन्त्रणमा रहेका छन ।

ताजा समाचार

Related Articles