पाँचजनालाई धरौटीमा छाड्न विशेषको आदेश

लोकप्रिय

काठमाडौँ, असार १५ गते । विशेष अदालतले राहदानी भ्रष्ट्राचार प्रकरणमा मुद्दा चलाइएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजनालाई धरौटी लिइ तारिखमा राख्न आदेश गरेको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार यस्तो आदेश गरेको हो ।

अदालतले आरोपित रहेका राहदानी विभागका महानिर्देशक अर्यालसँग पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग चार लाख, विभागका कर्मचारीहरू सोमेश थापासँग तीन लाख, विपीन प्रसाईंसँग तीन लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।

ताजा समाचार

Related Articles