हेटौँडा, असार १५ गते । मकवानपुरको बागमती गाउँपालिका ६ मा आइतबार हावाहुरी र पानीसँगै परेको चट्याङले चौपाया मरेको र साढे तीन रुपियाँ बराबरको क्षतिभएको छ ।
बागमती गाउँपालिका ६ देउजोरका दमाईसिंह थोकरको खरले छाएको एकतले गाईगोठमा चट्याङ पर्दा गोठमा बाधिराखेको एक हल गोरू मरेको छ ।
गोठ पूर्ण रुपमा जलेर करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
बागमती गाउँपालिका ६ करौचीका दुन्दुवीर थिङको ढुङ्गा र माटोले बनेको दुई तल्ले घरको पश्चिम पट्टीको भित्तामा चट्याङ पर्दा घरको भित्तामा आंशिक क्षति भई ५० हजार रुपियाँ बराबरको क्षति भएको छ । दुवै स्थानमा भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।




