स्कुटर दुर्घटनामा स्याङ्तानको मृत्यु

लोकप्रिय

हेटौँडा, असार २४ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङ स्थित भित्री सडकमा स्कुटर दुर्घटना एक युवको मृत्युभएको छ ।
बुधबार अपरान्ह हेटौँडा ११ थानाभ¥याङस्थित भित्री बाटो बुद्धचोक तर्फबाट नमुना चोकतर्फ जाँदै गरेको बा.प्र ०३–००४ प ७२७२ नं. को स्कुटर दुर्घटनामा हेटौँडा १० का सागर स्याङ्तानको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कुटर तीव्र गतिको कारण हेटौँडा ११ का राजु नेपालीको घरको पिडीमा ठक्कर खाई दुर्घटना भएपछि स्कुटर चालक हेटौँडा १० आनन्दटोलका २१ वर्षीय स्याङ्तानलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारको लागी हेटौँडा अस्पताल पठाएकोमा बुधबार साँझ १७ः०५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles