हेटौँडा, असार २५ गते । मकवानपुरको कैलाश गाउँपालिकाले आव २०८२/०८३ मा समग्रमा ७८.३४ प्रतिशत खर्च गरेको छ । विनियोजित बजेट र योजनाहरु सुत्र बन्द हुनु अगावै बिहीबारनै खर्च सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाले चालु खर्चतर्फ ८६.३९ प्रतिशत र पुजीँगततर्फ ६७.४२ प्रतिशतसहित समग्रमा बजेटको ७८.३४ प्रतिशत खर्च भएको वरिष्ठ लेखा अधिकृत टिकाराम अधिकारीले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समयमै बजेट कार्यान्वयन गरी सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवयारी, उपभोक्ता समिति, विकास साझेदार संस्थालगायतलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समयमै बजेट कार्यान्वयन गरी सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, निमार्ण व्यवयारी, उपभोक्ता समिति, विकास साझेदार संस्थालगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार गत वर्ष झैँ यस वर्षपनि सुत्र बन्द हुनु अगावै भुक्तानीलगायतका कार्य सम्पन्न गरिएको हो ।
चालु आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न ५३ करोड ८६ लाख २० हजार रुपियाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।




