खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते । नारायणी यातायात व्यवसायी संघ, हेटौँडाको अध्यक्ष पदका लागि सरोज खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
संघको ३७ औँ साधारणसभा तथा १६ औँ अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको खनालले आफ्नो प्यानलसमेत सार्वजनिक गर्नुभएको छ ।
खनालले संघको आफू नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, चितवनतर्फ उपाध्यक्षमा शंकर गिरी, वीरगञ्जतर्फ उपाध्यक्ष विनोदकुमार मानन्धर, हेटौँडातर्फ उपाध्यक्षमा शालिकराम ढकाल, काठमाडौँतर्फ उपाध्यक्षमा केशवराज उप्रेती, महासचिवमा राजेश खड्गी र कोषाध्यक्षमा ठाकुरनाथ सुवेदीलाई राख्नुभएको छ ।

यस्तै यात्रुवाहक सचिवमा गुणराज घिमिरे, मालवाहक सचिवतर्फको सचिवमा सुरेश खड्गी, दुर्घटनातर्फ सचिवद्वयमा कपिलबहादुर बानियाँ र देवनारायण लामिछाने, सचिव (चितवन) विष्णुप्रसाद पन्थी र सह कोषाध्यक्षमा कुमार बर्तौलालाई खनालको प्यानलमा राखिएको छ ।
यसैगरी सदस्यहरुतर्फ यात्रुवाहक सेक्टर सदस्यमा डम्बरबहादुर गोपाली, ट्याङ्कर सेक्टर सदस्यमा गोकुल बर्तौला, खुल्ला सदस्यहरुमा पुरुषोत्तम पुडासैनी (भाञ्जा), तिलकबहादुर कार्की, ईन्द्रकुमार भोलन, भीमप्रसाद बास्तोला (श्याम), विष्णुलाल श्रेष्ठ र गोविन्द रेग्मी तथा यात्रुवाहक सदस्य (चितवन) नवीन भण्डारी, खुल्ला सदस्य (चितवन) कमलबहादुर शाह, सदस्य ( वीरगञ्ज) श्यामप्रसाद उप्रेती र सदस्य (काठमाडौँ) ईन्द्रकुमार त्रिपाठीलाई खनालको प्यानलमा समावेश गरिएको छ ।




