काठमाडौँ, असार २६ गते । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

उहाँको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचारका क्रममा शुक्रबार बिहान ११ :१९ मा मृत्यु भएको उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा.पियुष दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो ।

नेपालीलाई बिहीबार दिउँसो २ः१५ बजे वीर अस्पताल लगिएको थियो। तत्कालै उहाँलाई कुलिङमा राखिएको र त्यसपछि श्वासप्रश्वास सहज गराइएको उहाँको भनाइ छ ।




