ओखलढुंगा जिसस प्रमुख खनालको निधन

लोकप्रिय

ओखरढुंगा, असोज १४ गते ।

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमाशयको क्यान्सरबाट पीडित खनालको उपचारकै क्रममा ७३ वर्षको उमेरमा शनिवार राती त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।

२०७४ को स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिकाको प्रमुखका प्रत्याशी उम्मेदवार बन्नुभएका खनाल २०७९ को निर्वाचनबाट सिनपा ३ को वडा सदस्य बनेर जिसस प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाका पूर्व उपसभापति, पूर्व महासमिति सदस्य समेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिनुहुन्थ्यो । खनालको निधनले पार्टी र सिङ्गो ओखलढुंगा जिल्लालाई अपूरणीय क्षति भएको कांग्रेस नेता रामहरि खतिवडाले बताउनुभयो । खनालका २ छोरा २ छोरी छन् । दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।

ताजा समाचार

Related Articles