बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्दै

लोकप्रिय

काठमाडौँ, साउन १ गते । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उहाँले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गर्नुभएको छ । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उहाँ प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

छपन्न वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नुहुनेछ । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उहाँ नेतृत्वमा पुग्नुभएको हो ।

ग्रेटर म्यानचेस्टरका लगातार तीन कार्यकालका मेयर बर्नह्यामलाई ‘उत्तरका राजा’ भन्ने उपनामले पनि चिनिन्छ । लेबर नेतृत्वका लागि उहाँविरुद्ध कसैले चुनौती नदिएपछि निर्विरोध रूपमा नेता चयन हुनुभएको हो । यसअघि सन् २०१० र २०१५ मा क्रमशः एड मिलिब्यान्ड र जेरेमी कोर्बिनसँग पराजित भएपछि उहाँ तेस्रो प्रयासमा पार्टी नेतृत्वमा पुग्न सफल हुनुभएको हो ।

ताजा समाचार

Related Articles