कांग्रेसद्वारा शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता लिन माग

लोकप्रिय

हेटौँडा, साउन ४ गते । नेपाली कांग्रेस मकवानपुरले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लिन माग गरेको छ ।
कांग्रेस मकवानपुरकाले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै शिक्षा र स्वास्थ्यामा तीन प्रतिशत कर लगाउने निर्णय फिर्ता लिन माग गरेको हो ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत शिक्षा र स्वास्थ्यमा लगाईएको तीन प्रतिशत कर जनविरोधी र शिक्षा एवं स्वास्थ्य निःशुल्क पाउने जनताको मौलिक हकहरुमाथि प्रहार भएको कांग्रेस मकवानपुरको ठहर छ ।
शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ भन्ने नारा दिएर निर्वाचित सरकारले जनविरोधी कर प्रणाली लागू गर्न खोज्नु व्यवहारिक नभएको भन्दै शिक्षा र स्वास्थ्यमा लगाईएको अतिरिक्त कर अविलम्ब हटाउन कांग्रेसले ज्ञापनपत्रमार्फत माग गरेका छ ।
कांंग्रेस मकवानपुरका सभापति बुद्ध लामाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सामुदायिक विद्यालय र सरकारी अस्पतालको स्तर वृद्धि गरी गरिब र विपन्न जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चित गर्न माग गर्नुभयो ।
यस्तै प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपालको सिमाका बारेमा दिएको अभिव्यक्ति अभिव्यक्ति रेकर्डबाट तत्काल हटाउन कांग्रेस मकवानपुरले माग गरेको छ ।
साथै केही दिनदेखि आत्मदाह गरी मर्नुपर्ने अवस्था सिर्जना गरिएको प्रति ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
घरायशी उपयोगको विद्युत्मा तोकिएको मापदण्डभन्दा माथि पाँच प्रतिशत र व्यावसायिक प्रयोजनमा १३ प्रतिशत मूल्य अभिवृद्धि करको भार थपेर पेट्रोलियम पदार्थको न्यून प्रयोग गर्ने र विद्युतीय सेवालाई अधिक उपभोग गर्ने वातावरणको अन्त्य गर्न खोजेको ज्ञापनमा भनिएको छ ।
ज्ञापनपत्रमा विद्युत उपभोगमा प्रोत्साहित गर्न र सहुलियतको व्यवस्था गरी विद्युत सेवामा लगाईएको मूल्य अभिवृद्धि कर तत्काल हटाउन माग गरिएको छ ।
साथै सुकुम्बासीको उचित बसोबासको व्यवस्थापन बिना प्रहरी प्रशासन प्रयोग गरी रातारात घरटहरा खाली गर्न डोजर चलाउने अमानवीय कार्य तत्काल बन्द गर्न माग कांग्रेस मकवानपुरले सरकारसँग माग गरको छ ।

ताजा समाचार

Related Articles