बागमती प्रदेश सरकारबाट एमाले तत्काल नबाहिरिने

लोकप्रिय

काठमाडौँ, साउन ४ गते । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

एमालेको बागमती प्रदेश संसदीय दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

यही साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुद दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्मा रहेका एमालेका अधिकांश मन्त्रीलाई विना विभागीय मन्त्री रहने गरी हेरफेर गर्नुभएको थियो । प्रदेश सरकारका गठनबन्धन उलटपुलटबारे विभिन्न दलबीच शीर्ष तहमा संवाद चलिरहेको छ ।

ताजा समाचार

Related Articles