देश हाँक्ने शक्ति कम्युनिष्टमा मात्र छ 

लोकप्रिय

बिर्तामोड, असोज १४ गते । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताउनुभएको छ ।

आज झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्नुहुँदै नेता नेपालले सो कुरा बताउनुभएको हो । नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी उहाँले गर्नुभयो ।   

सरकारले जनताको पीरमर्का नबुझेको उहाँले टिप्पणी गर्नुभयो । समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री  नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा लगायतका क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनुभयो । सोही अभियानस्वरुप आफ्नो दल जागरण अभियान झापाबाट सुरु गरेको उहाँले बताउनुभयो । 

पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी शासनले देश कब्जा गरेकाले जनताको गाँस, बास र कपासको व्यवस्था  हुन नसकेको बताउनुभयो ।  

महासचिव घनश्याम भुसालले गणतन्त्रले बाटो बिराएका कारण राजनीति बिग्रिएको बताउनुभयो । कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ पार्टीले  अभियान सुरु गरेको भुसालको भनाइ छ ।  

ताजा समाचार

Related Articles