काठमाडौँ, साउन ५ गते । बागमती विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा जनसम्पर्क केन्द्रको निर्देशकमा डा. तारा बञ्जाडे नियुक्त हुनुभएको छ। गत जेठ २३ गते गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार खुला प्रतिस्पर्धाबाट उहाँ निर्देशक पदमा नियुक्त हुनुभएको हो।

‘सेस्मिक डेटा प्रोसेसिङ’मा विद्यावारिधि गर्नुभएका डा. बञ्जाडेसँग नेपाल तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा १० वर्षभन्दा बढी समय अनुसन्धान तथा अध्यापन गरेको अनुभव छ। विभिन्न ‘क्यू-र्याङ्क्ड’ अन्तर्राष्ट्रिय जर्नलहरूमा उहाँका अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन्।

बागमती विश्वविद्यालयले हाल काठमाडौँ, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लामा छ वटा आङ्गिक क्याम्पसहरूमार्फत विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।




