क्रिकेटर ऐरी ‘क्यानडा सुपर ६०’ का लागि भ्यानकुभर एंकर्समा आबद्ध

लोकप्रिय

काठमाडौँ, साउन ५ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन् ।

भ्यानकुभर एंकर्सले आधिकारिक रूपमा दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको घोषणा गर्दै उनको आक्रामक खेल कौशल र जादुमयी प्रदर्शनका लागि टिम तयार रहेको जनाएको छ ।

क्यानडा सुपर ६० आगामी २०२६ को सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो बलियो छाप छोड्दै आएका दीपेन्द्रको यो आबद्धताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह थपेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles