खासकुरा संवाददाता
हेटौँडा, साउन ६ गते । बिपी बिचार समाज मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा ४४ औँ बिपी स्मृति दिवस मनाइएको छ । हेटौँडा उपमहानगरपालिका ११ स्थित बिपी बाटिका परिसरमा सरसफाइ, बिपीको प्रतिमामा माल्यार्पण र बिपीको विचारमाथि छलफल गर्दै स्मृति दिवस मनाइएको हो ।

समाजका कार्यवाहक अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमा दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनी, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष जुना दाहाल, कांग्रेस हेटौँडा ११ एकाई समिति सभापति दीपक उप्रेती, वढा नं. ६ का सभापति रामहरि तिमल्सिना, साहित्यकार ह्यग्रीव आचार्य, कांग्रेसका क्षेत्रीय सह सहसचिव केदार ढोडारी, राष्टिङ्य लोकतान्त्रिक अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य रामेश्वर पराजुली, नेपाल शिक्षक सङ्घकी प्रदेश सदस्य स्वेता कोइराला, समाजका सल्लाहकार नारायण लम्साल, माधव आचार्यलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिपीको राजनीतिक एवं साहित्यक विचारका बारेमा वक्ताहरुले धारणा राख्नुभएको थियो ।




