लुम्बिनी केबलकार तीन दिन बन्द हुने

लोकप्रिय

सिद्धार्थनगर, असोज १४ गते । 

गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । बुटवलबाट पाल्पाको वसन्तपुर जाने केबलकारको सेवा तीन दिनसम्म बन्द रहने  व्यवस्थापनले जानकारी दिएको छ । 

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्ण रुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिमिटेडका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिनुभयो ।

केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिने गरेकाले यसको मर्मत गरिनेछ ।व्यवस्थापनले भने कुनै प्राविधिक समस्या आएर नभई नियमित प्रक्रिया अन्तर्गत पहिलो पटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

ताजा समाचार

Related Articles