हेटौँडा, साउन १० गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ६ः१५ बजे थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको खबर पाएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेकोमा घटनास्थल वरपर रगत देखिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली गएको थियो । घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
साथै घटनास्थलमा बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको टोली परिचालन गरी घटनास्थलको अनुसन्धान भइरहेको छ ।
प्रहरीले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको र शव परीक्षणका लागिहेठौँडा अस्पतालमा लगिएको छ ।
घटना शंकास्पद रहेको भन्दै अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




