सुन तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन

लोकप्रिय

काठमाडौँ, असोज १४ गते ।

सरकारले सुनको अबैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन सम्बन्धि मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको हो ।

 प्रधानमन्त्री पुष्पकमल दाहालले सुनको अवैध पैठारी तस्करी नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजङ्ग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

ताजा समाचार

Related Articles