पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लोकप्रिय

काठमाडौँ, साउन १७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले सोमबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर तीन रूपियाँ, डिजेल र मट्टितेलमा पाँच रूपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपियाँका दरले मूल्यवृद्धि गरिएको छ । योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा दुई सय रूपियाँ, सुर्खेत र दाङमा १९९ रूपियाँ कायम हुने भएको छ ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रूपियाँ ५० पैसा पुगेको छ ।
एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । 

ताजा समाचार

Related Articles