बालज्योति आविको जग्गामा श्रमदानबाट धान रोपाइँ सम्पन्न

लोकप्रिय

हेटौँडा, साउन १७ गते । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७ लामिटारस्थित बालज्योति आधारभूत विद्यालयले अभिभावक तथा शिक्षक,कर्मचारीहरूको श्रमदानमार्फत धान रोपाइँ सम्पन्न गरेको छ।
विद्यालयका अनुसार साउन १६ र १७ गते गरी दुई दिन विद्यालयले खेती गर्दै आएको जग्गामा भएको श्रमदान कार्यक्रममा झन्डै ५४/५५ जना अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो। उनीहरूले लामिटार फेदीमा रहेको करिब दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गरेका हुन्।
वर्षौँदेखि बाँझो रहँदै आएको उक्त खेत विद्यालयको कोष अन्तर्गत रहेको जग्गा भएको र यसलाई उत्पादनमा ल्याउने उद्देश्यले श्रमदान कार्यक्रम सञ्चालन गरिएको विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष सिर्जना गोलेले जानकारी दिनुभयो ।
बर्खे बिदाको समयलाई सदुपयोग गर्दै गरिएको यस कार्यक्रमले विद्यालय र समुदायबीच सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास गरिएको छ। यसअघि गत वर्ष पनि विद्यालयले यस्तै पहल मार्फत करिब ३० मुरी धान उत्पादन गरेको थियो।
गत वर्ष भन्दा यस वर्षको धान रोपाइँ केही बढी क्षेत्रफलमा रहेकोले यस उत्पादनले विद्यालयको आन्तरिक कोष सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले शिक्षासँगै उत्पादन र आत्मनिर्भरता जोड दिएको र आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रधानाध्यापक दुर्ग बहादुर थापाले बताउनु भयो ।

ताजा समाचार

Related Articles