बुद्धचित्त चोरीमा संलग्न मकवानपुरका दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २० गते । बुद्धचित्त चोरीमा संलग्न मकवानपुरका दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला बर्मखेल बस्ने वर्ष २० को प्रकाश तामाङ र मकवानपुरकै कैलाश गाउँपालिका वडा नं. ५ कालिकाटार घर भई हाल जिल्ला ललितपुर गोदावरी नगपालिका १४ चापागाउँ बस्ने वर्ष ३२ को अमृत तामाङलाई पक्राउ गरेको हो ।
साउन ७ गते अन्दाजी रातिको १ः१५ बजेको समयमा ललितपुर महानगरपालिका वडा नं.१ गुर्सिङ्गल स्थित नागार्जुङ एकेडेमीको कम्पाउण्ड भित्र रहेको बुद्ध चित्त चोरीमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles