खासकुरा संवाददाता
हेटौँडा, साउन १९ गते । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका ५ तिलावे भिष्वा सडकखण्डमा २०७ केजी गाँजासहित पिकअप चालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा हेटौँडा उपमहानगरपालिका १३ बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो । लामाले चलाएको प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको थियो । पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको गाँजासहित चालक र पिकअपलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




