खासकुरा संवाददाता
हेटौँडा, साउन २० गते । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका २ तिलटार सडक खण्डमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान २ः३० बजेको समयमा मकवानपुरको पालुङतर्फबाट वीरगञ्जको लागी तरकारी लोड लिई आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक हुँदा अर्जुन कार्कीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
छ चक्के डिब्बा ट्रक दुर्घटना भएको बिहान ६ः३० बजेको समयमा प्राप्त भएपछि प्रहरी टोलीले ट्रकका चालक मकवानपुर राक्सिराङ गाउँपालिका ९ का २३ वर्षीय रञ्जित कार्की र चालकको काका नाता पर्ने ३६ वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनभयो ।
वर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल चण्डी खोलामा खसेर ट्रक दुर्घटना हँुदा ट्रक चालक रञ्जितको दायाँ खुट्टा फ्याक्चर र शरीरको विभिन्न भागमा चोट लागेको र अर्जुनको टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाईते अवस्था उद्धार गरिएको थियो ।
प्रहरी नायव उपरीक्षक काफ्लेले बिहान ९ः१५ बजेको समयमा घाइते दुवै जनालाई हेटौँडा अस्पतालमा पु¥याइ डाक्टरले अर्जुनलाई जाँच गर्दा मृत घोषणा गरेको र रञ्जितको अवस्था मध्यम रहेको बताउनुभयो ।
दुर्घटनाका सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




